नेपाली स्वादको प्रसारमा यूएईका रेष्टुराँहरु पनि सहभागी
नेपाल पर्यटन बोर्डले ल्याएको ‘एक्सपेरियन्स नेपाल’ अन्तर्गत विश्वमा भएका नेपाली रेष्टुरेन्टहरुले नेपाली खानाको स्वाद लाई एकरुपता दिई विदेशीहरुलाई पनि स्वस्थ्य र स्वादिष्ट खाना पस्कन पाउने भएका छन् ।
गत शुक्रबार दुबईको नेपाली रेस्टुरेन्टमा नेपाली रेस्टुरेन्ट ब्यबसाय र सेफहरुको उपस्थितमा भएको छलफलमा युएईमा रहेका नेपाली रेस्टुरेन्टहरुले यस कार्यक्रमलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् । युएईमा रहेका ९ वटा रेस्टुरेन्ट र सेफ बीच भएको छलफलमा मेन्यू वारे प्रकाश पार्दै द्रोण जंग श्रेष्ठले अब नेपाली परिकारहरु स्टाटर देखि डेजर्टसम्म तयार भएकोले रेष्टुराँ संचालकलाई ठेट नेपाली खाना पस्कन सक्ने वातावरण भएको बताए । स्टार्टर, एपिटाईजर, मेन कोर्ष र डेजर्ट मा के दिने ? भन्ने प्रष्ट भएकोले अब अन्योल हुदैन उनले भने ।
छलफलमा बोल्दै विश्व विजय खनालले चाँडैनै बनाउने तरिका सहितको भिडीयो यूटुवमार्फत हेर्न सकिने बताए । हामीले बनाउन नसिकी, हामीले स्वाद नचाखि र हामीले अरुलाई स्वाद नचखाई नेपाली स्वादको भने जति प्रसारमा आउन सक्दैन भन्दै उनले चाँडैनै यसवारे नेपाली सेफहरुलाई प्रशिक्षण, लाईभ कुकिड्ग गरि, यूएईमा रहेका नेपाली तथा अन्य देशका समूदायहरुलाई पनि नेपाली स्वाद चखाउने कार्यक्रम गर्ने बताए ।
नेपाली रेष्टुराँका मेनेजर राज लामाले सो अवसरमा आफूले मास्टर मेन्यू अनुसार परिकारको नाम परिवर्तन नगरी तयार पारि बेच्न थाल्ने र नेपाली ग्राहकले नै नयाँ स्वाद पाउने अनि उहाँहरुले नै विदेशि ग्राहक पनि ल्याउने भएकोले तुरुन्त यी खानेकुराहरु आफ्नो मेन्यूमा राख्ने बताए । यी परिकारमा पोषण तत्व तथा क्यालोरीलाई पनि प्राथमिकता दिइएको पनि बताए ।
चाईनिज खाना, थाई खाना, श्रीलंकन खाना, ईण्डियन खाना भनेर चिनिन्छन भने अब नेपाली खाना भनेर चिनाउनु पर्नेमा उपस्थित सबैको जोड थियो ।